PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

कसले जिते 'मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल २०१९'?



पहिलोपोस्ट

कसले जिते 'मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल २०१९'?

काठमाडौं :  'मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल २०१९' को उपाधी ओजस्वी श्रेष्ठ र पुस्कर अधिकारीले जितेका छन्।

प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा अंकिता थापा र कोमल कुँवरले फस्ट रनर्स अप, रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्स अपको उपाधी जिते।

प्रतियोगितामा १८ जना प्रतियोगीहरु सहभागी थिए। मुख्य विजेताले यही वर्षको अप्रिल महिनामा सम्पन्न हुने राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा सोनम शेर्पाले पब्लिक च्वाइसको टाइटल उपाधी जितेका थिए। प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह क्षेत्री, मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिइओ सगोल घले गुरुङ थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell