PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

क्यामरुनी क्लबलाई हराउँदै संकटा सेमिफाइनलमा



पहिलोपोस्ट

क्यामरुनी क्लबलाई हराउँदै संकटा सेमिफाइनलमा
file photo

धनगढी : खेलको पहिलो मिनेटमै विदेशी खेलाडी एलन म्याक्सवेलले गरेको गोल मद्दतमा संकटा तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा मंगलवार भएको खेलमा संकटाले क्यामरुनी क्लब डाफिनास फेमिली क्लबलाई १-० ले पराजित गरेको हो।

संकटाले अब फाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिससँग सेमिफाइनलमा खेल्नेछ।

पुलिसले क्वाटरफाइनलमा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

यस्तै अर्को सेमिफाइनल खेल मेची नेत्रालय काकरभित्ता ट्रेनिङ सेन्टर र थ्री स्टार क्लबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell