PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

कोहलीको शतकमा भारत ६ विकेटले विजयी, मार्सको शतक काम लागेन



पहिलोपोस्ट

कोहलीको शतकमा भारत ६ विकेटले विजयी, मार्सको शतक काम लागेन

कप्तान विराट कोहलीको शतक मद्दतमा भारतले दोस्रो एकदिवसीयमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ।

२९९ रनको लक्ष्य पछ्याउने क्रममा भारतका लागि कप्तान कोहलीले शतक तथा महेन्द्र सिंह धोनीले अर्धशतक प्रहार गरे। अष्ट्रियाका लागि शन मार्सले शतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन।

भारतको जितपछि सिरिज १-१ को बराबरी भएको छ। पहिलो एकदिवसीय अष्ट्रेलियाले जितेको थियो। तेस्रो तथा निणायक एकदिवसीय खेल आगामी शुक्रवार मेलवर्नमा हुनेछ।

कोहलीले एकदिवसीयमा ३९औँ शतक बनाउने क्रममा ११२ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा १०४ रन बनाए। यस शतकसँगै कोहलीले सबै खाले क्रिकेटमा गरी सर्पाधिक शतक बनाउने सूचीमा श्रीलंकाका कुमार सांगाकारालाई पछि पारेका छन्। कोहलीले ६४ शतक प्रहार गरिसकेका छन्। कोहली भन्दा अगाडि भारतकै सचिन तेन्दुलकर (१००) र अष्ट्रेलियाका रिक्की पोन्टिङ (७१) छन्।

यस्तै भारतका लागि धोनीले ५४ बल खेल्दै २ छक्काको मद्दतमा नटआउट २५ रन बनाए। अन्तिम ओभरमा भारतलाई जितका लागि ७ रन चाहिएको थियो। धोनिले पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे भने भारतको जित पक्का गरे।

यस्तै ओपनर रोहित शर्माले ४३, शिखर धवनले ३२ र अम्बाटे राएडुले २४ रन जोडे।

त्यसअघि एडेलेइडमा टस जितेर पहिले ब्याटिङ गेकफ घरेलु टोलीले मार्सको शतक मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाएको थियो।

मार्सले १२३ बल खेल्दै ११ चौका र ३ छक्काको मद्दतमा १३१ रन बनाए। यस्तै ग्लेन म्याक्सवेलले ४८ रन बनाए। बलिङमा भारतका भुवनेश्वर कुमारले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने डेब्यु ब्वाए मोहम्मद सिराजले ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell