माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा सिङ भएका गोरुहरुलाई एकआपसमा जुधाउने मेलाको उद्घाटन गर्न भने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आएका थिए।
वडा नं ३ चन्दनीमा जुधाइएका गोरुलाई तीन श्रेणीमा विभाजन गरिएको थियो- विशिष्ट श्रेणी, 'क' र 'ख' श्रेणी। तारुकामा १४ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाई मेला गरिँदै आएको छ।
आफ्नो गोरुले जितोस् भनेर चामल पीठो अरु गोरुलाई भन्दा बढी खान दिने गरी तयारी गरेको हुने पनि स्थानीयले बताए।
हेर्नुस् प्रवीण रानाभाटले खिचेका केही फोटो