PahiloPost

Jun 24, 2026 | १० असार २०८३

विश्व विजेता महेश्वर सम्मानित



पहिलोपोस्ट

विश्व विजेता महेश्वर सम्मानित

काठमाडौं : काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघले विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको छ।

सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदीले महेश्वरलाई सम्मान पत्र र नगद ५१ हजार रुपैयाँसहित मंगलवार सम्मान गरे।

थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए। नेपाली शारीरिक सुगठनको इतिहास महेश्वरले हासिल गरेको उक्त उपलब्धी हालसम्म अरु खेलाडीले हात पार्न सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell