PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

प्रिन्स दाहाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन उपाधि



पहिलोपोस्ट

प्रिन्स दाहाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन उपाधि

काठमाडौँका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम अन्तर्राष्ट्रि आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन्।

मंगलवार भएको फाइनलमा सेनाका प्रफुल महर्जनलाई २१-१३, २१-१३ ले पराजित गर्दै प्रिन्सले उपाधि जितेका हुन्। प्रिन्सले जितेको दुई हप्ता भित्र यो दोश्रो अन्तराष्ट्रिय उपाधि हो। उनले हालै विराटनगरमा भएको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पनि यू-१९ र यू-१५ दुवैतर्फको उपाधि जितेका थिए।

त्यसअघि मंगलवारै सेमिफाइनलमा पुरुष एकलतर्फ प्रिन्सले रुकेश महर्जन र प्रफुलले एपीएफका सुनिल जोशीलाई पराजित गरेका थिए।

दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामको आयोजनामा भएको प्रतियोगिताको मिक्स युगलतर्फ सेनाका रत्नजित तामाङ र अनुमाया राईको जोडीले उपाधि जिते। रत्न र अनुको जोडीले फाईनलमा एपीएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१-१९, २०-२२, २१-१६ ले पराजित गरे।

दिपेश र पुजाको जोडीले सेमिफाइनलमा एपीएफकै गौतम कठायत र सुनैना मुखियालाई पराजित गरेका थिए।

भेट्रान्स युगलतर्फ पुष्पलाल स्मृती ब्याडमिन्टका बिजेता धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका संजय भक्तराज र के.बि. गुरुङ्गको जोडीलाई २१-१८, २१-१७ ले पराजित गर्दै उपाधी हात पारे।

पुरुष युगलतर्फको खेलमा एपीएपका दिपेश धामी र बिजित थापा मगरको जोडी र सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी फाइनल प्रवेश गरेका छन्। धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१-१७, २५-२१ को अन्तरले तथा तामाङ र श्रेष्ठले गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१-९, २१-१२ ले हराए।

यस्तै स्थानिय स्तरका खेलाडीहरुबीच भएको खेलमा आयोजक दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामका अध्यक्ष भालेश्वर दुलाल र प्रकाश राईको जोडीले जित हात पारे। फाइनलमा दुलाल र राईको जोडीले रवि चन्द्र राई र सुभाष श्रेष्ठको जोडीलाई पराजित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell