PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विशाल गोल्डकप : झापा एघार सेमिफाइनलमा



पहिलोपोस्ट

विशाल गोल्डकप : झापा एघार सेमिफाइनलमा

वीरगंज : झापा एघार वीरगंजमा भइरहेको दोस्रो विशाल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारत सिलिगुरीको रोयल फुटबल क्लबलाई ४-२ गोल ले पराजित गर्दै झापा एघारले अन्तिम चारमा स्थान बनाएको हो।

झापाले अब फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्नेछ। सोमवार मात्र झापाले आर्मीलाई नै पराजित गर्दै १०औँ फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो।

नारायणी रंगशालामा भएको खेलमा झापाका लागि राज कुमार कन्दङवा, शक्ति राई, आशिष चापागाईँ र विकेश लिम्बुले १-१ गोल गरे। भारतीय क्लबका लागि सिद्धान्त क्षेत्री र करण राईले १-१ गोल गरे।

प्रतियोगिताअन्तर्गत वीरगंज ११ र हिमालयन शेर्पाबीच पहिलो सेमिफाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell