PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

वुमन्स टी-२० स्म्यास : नेपाली बलरको घातक बलिङसामु टिक्न सकेन थाइल्याण्ड ए टिम, १९ रनमै अलआउट



पहिलोपोस्ट

वुमन्स टी-२० स्म्यास : नेपाली बलरको घातक बलिङसामु टिक्न सकेन थाइल्याण्ड ए टिम, १९ रनमै अलआउट

काठमाडौँ : डेब्यु खेलाडी आरती बिडारीसहित बलरहरुले घातक बलिङ गरेपछि वुमन्स टी २० स्म्यास क्रिकेटमा नेपालले थाइल्याण्डको ए टिमलाई १९ रनमै अलआउट गरे छ।

टेर्ड थाई क्रिकेट ग्राउण्डमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ थालेको घरेलु टोली १५.४ ओभर क्रिजमा टिकेपनि १९ रनभन्दा बढी बनाउन सकेन।

नेपालको लागि आरती बिडारीले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन्। इन्दु बर्माले २ ओभरमा १ मेडन रख्दै २ रन खर्चेर २ विकेट लिइन्। यस्तै सरीता मगरले ३ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर २ विकेट लिइन् कप्तान रुबिना क्षेत्रीले ३ ओभरमा २ मेडन राख्दै ३ रन रख्चेर १ विकेट लिइन्। सोनु खड्काले पनि १ विकेट लिइन्।

थान्चानोक पप्लुकले बनाएको ४ रन नै व्यक्तिगत सर्वाधिक स्कोर बन्यो। २४ रन खेलेकी पप्लुक नटआउट रहिन्। थाइल्याण्ड ए का पाँच खेलाडीले खाता समेत खोल्न सकेनन्। थाइल्याण्डले ए ले ७ रन एक्स्ट्राबाट पाएको थियो।

यस खेल जितेमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुग्नेछ। यसअघि नै लगातार ३ खेल जितेर नेपालले सेमिफाइनलमा स्थान पक्का गरिकसकेको छ।

नेपालसँग मात्र हारेको युएईले समूह ए मा बाँकी ३ खेल जितेर सेमिफाइनलमा स्थान बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell