PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

प्रिमियम कन्टेन्टसहित हिमालय टिभी अब एचडीमा



पहिलोपोस्ट

प्रिमियम कन्टेन्टसहित हिमालय टिभी अब एचडीमा

काठमाडौँः विगत सात वर्षदेखि समाचारमूलक तथा मनोरञ्जनात्मक सामग्री प्रसारण गरिरहेको हिमालय टेलिभिजनले एचडी प्रसारण सुरु गरेको छ। टेलिभिजनको व्यवस्थापन नयाँ समूहले लिएसँगै प्रिमियम कन्टेन्ट थप गरी एचडी प्रविधिमा प्रसारण सुरु गरिएको हो।

डिजिटल मिडिया अभ्यासलाई प्राथमिकता दिँदै टेलिभिजनले आफ्ना खबरहरु पोर्टल हिमालयटीभी डट कम, मोबाइलएपका साथै फेसबुक, ट्विटर, यूट्यूबमार्फत पनि उपलब्ध हुने जनाएको छ।

एचडी प्रविधिको सुरुवातसँगै विभिन्न विधाका तीनवटा नयाँ ‘रियालिटी शो’हरूको घोषणा गरिएको छ।

घोषणा अनुसार गायन रियालिटी सो ‘द भ्वाइस’को नेपाल संस्करण ‘भ्वाइस अफ नेपाल सिजन २’ अब हिमालय टेलिभिजनमा प्रसारण हुनेछ। डान्स रियालिटी सो ‘डान्सिङ विथ स्टार’को नेपाल संस्करण पनि यसै वर्षबाट प्रसारण सुरु हुने भएको छ। बीबीसी स्टुडियोसँगको सहकार्यमा निर्माण हुने रियालिटी शोमा विभिन्न क्षेत्रका चर्चित सेलिब्रिटीहरूको सहभागिता रहनेछ।

यस्तै, फेशन रियालिटी शो ‘नेक्स्ट टप मोडल’को नेपाल फ्रान्चाइजका रूपमा ‘नेपाल्स नेक्स्ट टप मोडल’ पनि हिमालय टेलिभिजनमा प्रसारण हुनेछ। पहिलो सिजन केही महिनाभित्रै प्रसारण हुने जनाइएको छ। यसअघि टेलिभिजनले एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’का दुई सिजन सम्पन्न गरिसकेको छ।

एचडी प्रसारण सुरुवातसँगै टेलिभिजनले आफ्ना खबर बुलेटिनहरूमा ३ मिनेटको विज्ञापन सीमा तोकेको छ। ‘दर्शकलाई अविछिन्न टेलिभिजन स्क्रिनसँग जोडिराख्नु अहिलेको मुख्य चुनौती हो,’ हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले भने ‘दर्शकको रुचिलाई प्राथमिकता दिने मामिलामा डिजिटल मिडियामा आर्जित अनुभवलाई हामीले टेलिभिजनमा पनि प्रयोग गर्न खोजेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell