PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

'एपिक नेपाल म्युजिक अवार्ड २०७५'को अचिभमेन्ट अवार्ड भक्तराज आचार्य र कुमार बस्नेतलाई



पहिलोपोस्ट

'एपिक नेपाल म्युजिक अवार्ड २०७५'को अचिभमेन्ट अवार्ड भक्तराज आचार्य र कुमार बस्नेतलाई

काठमाडौं : 'एपिक नेपाल म्युजिक अवार्ड २०७५' आगामी माघ ४ गते काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा हुने भएको छ। कार्यक्रममा कुल ६६ विधामा अवार्ड वितरण गरिने आयोजक अमन श्रेष्ठले बताए।

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ।

कार्यक्रममा 'एपिक नेपाल कला पत्रकारिता पुरस्कार'बाट न्युज २४ का रवि लामिछाने, रेडियो काठमाडौं एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डिसहोम रमाइलो टिभीका बिकास लामिछानेलाई सम्मान गरिनेछ।

त्यस्तै उक्त अवार्डले नै नेवा अनलाईनका विजयरत्न तुलाधर, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी, प्रकाश साप्ताहिकका दीपक पाण्डे र मिर्मिरे एफएमका राजु बोहरालाई सम्मान गरिने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell