PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

गोंगबुको ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट, पाँच जना गम्भीर घाइते



पहिलोपोस्ट

गोंगबुको ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट, पाँच जना गम्भीर घाइते

काठमाडौँ: गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन्। 

दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोटन हुँदा पाँच जना गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए। 

घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको निरीक्षक केसीले जानकारी दिए। 

विस्फोटमा परी केहीको अङ्गभङ्गसमेत भएको भेटिएको छ। खाना खाने समय र फ्याक्ट्रीमा बिदा भएकाले काम गर्ने कामदारको सङ्ख्या अन्य दिनको तुलनामा कम भएको बुझिएको छ। 

गम्भीर घाइते भएका दुई जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell