PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

गोंगबुमा ग्यास विस्फोट : घाइते एक जनाको निधन, सिकिस्त चार जनाको उपचार हुँदै



पहिलोपोस्ट

गोंगबुमा ग्यास विस्फोट : घाइते एक जनाको निधन, सिकिस्त चार जनाको उपचार हुँदै

काठमाडौँ: गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका पाँच जनामध्ये एक जनाको बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ। 

मृत्यु हुनेमा नुवाकोट बेल्कोट घर भएका ३२ वर्षीय काजी तामाङ रहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए। 

उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। 

दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोटन हुँदा घाइते भएका अन्य चार जनाको वयोधा अस्पतालमा उपचार भइरहेको छ। 

घाइते हुनेहरूमा राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेका छन्। 


विस्फोटमा परी केहीको अङ्गभङ्गसमेत भएको भेटिएको छ। खाना खाने समय र फ्याक्ट्रीमा बिदा भएकाले काम गर्ने कामदारको सङ्ख्या अन्य दिनको तुलनामा कम भएको बुझिएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell