PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

रत्नजित र नवीनको जोडीलाई उपाधि



पहिलोपोस्ट

रत्नजित र नवीनको जोडीलाई उपाधि

नेपाली सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तराष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीतर्फ उपाधी जितेका छन्। तामाङ र श्रेष्ठको जोडीले बुधवार भएको फाइनलमा एपीएफका दिपेश धामी र बिजित थापा मगरको जोडीलाई २१-१८, २५-२३ को सेटमा हराए।

विजयी खेलाडीहरुले एक लाख नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे। उपविजेता टोलीले नगद ५० हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे। यस्तै तेश्रो स्थान प्राप्त गर्नेले १५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

मिक्स युगल, पुरुष एकल र मास्टर्स जोडी तर्फको प्रतियोगिता मंगलबारनै सम्पन्न भइसकेको छ। मिक्स युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ५० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। पुरुष एकलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे। मास्टर्सतर्फ शिर्ष तीनका खेलाडीले क्रमश ३५ हजार, १५ हजार र ७ हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिब प्रसाद शिव प्रसाद ढकाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष भोलेश्वर दुलाल लगायतले पुरस्कार वितरण गरेका थिए।

यस्तै सुन्दरहरैंचा ८ सलकपुरमा १० कठ्ठा जमिनमा निर्माण गरिएको कभर्डहलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरे। करि २ करोड ५० लाखको लागतमा बनाईएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell