PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

विशाल गोल्डकप : वीरगंजलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा



पहिलोपोस्ट

विशाल गोल्डकप : वीरगंजलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा

वीरगंज : हिमालयन शेर्पा क्लब वीरगंजमा जारी दोस्रो टुबोर्ग विशाल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। नारायणी रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनलमा वीरगंज एघारलाई पेनाल्टीसुटआउटमा ४–३ गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लब उपाधि नजिक पुगेको हो।

निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्ट सुट आउटमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा हिमालयनका तर्फबाट विजय श्रेष्ठ, उलरिच सिवि, पेट्रिक पि गोहा र रबि थापाले गोल हाने भने विश्वास श्रेष्ठले हानेको बल गोलपोस्ट भन्दा माथिबाट बाहिरियो।

वीरगंजका तर्फबाट कृष्ण शाक्य, शिशस थापा, कृपाकान्त चौधरीले गोल गर्न सफल भए। वीरगंज एघारका अन्य दुई खेलाडी अरुज सिंह र रन्जय चौधरीले हानेको बल हिमालयनका गोलरक्षक किशोर गिरीले बचाएका थिए।

खेलको म्यान अफ दि म्याच वीरगंज एघारका कृष्ण कार्की घोषित भए। उनले नगद ५ हजार पुरस्कार पाएँ।

बिहीवार हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र झापा एघार भिडदैँ छ।

राम्रो खेल हुदाँहुदै पनि दोस्रो हापमा गएर खेलाडीहरु थाकेको कारण वीरगंजले इतिहास रच्नबाट बञ्चित भएको वीरगंजका प्रशिक्षक मनोज भट्टराईले पोस्ट म्याच कन्फ्रेन्समा बताए। हिमालयनका कोच सुवास लिम्बुले पहिलो हाफमा नराम्रो खेलेको टिमले दोस्रो हाफ र पेनाल्टी सुटआउटमा राम्रो गरेकोले विजयी भएको बताए। उनले गोलरक्षक गिरीको उत्कृष्ट प्रर्दशनले टिम फाइनलमा पुगेको पनि बताए। फाइनलमा पुग्ने आर्मी र झापा एघारसंग कडा प्रतिस्पर्धा गर्न टिम तयार रहेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell