PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

बीपीएल : रंगपुर राइडर्स विरुद्ध सन्दीपले कसिलो बलिङ गर्दै लिए एक विकेट, सिक्सर्सको दोस्रो जित



पहिलोपोस्ट

बीपीएल : रंगपुर राइडर्स विरुद्ध सन्दीपले कसिलो बलिङ गर्दै लिए एक विकेट, सिक्सर्सको दोस्रो जित

काठमाडौँ : अघिल्लो खेलमा ड्रप हुँदै आजको खेलमा पहिलो रोजाईँमा पुनरागमन गरेका सन्दीपले लामिछानेले रंगपुर राइडर्स विरुद्ध कसिलो बलिङ गर्दै विकेट लिएका छन्।

सिलेट सिक्सर्सका लागि सिजनको चौथो खेल खेल्ने क्रममा सन्दीपले राइडर्स विरुद्ध ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए।

सुरुको तीन ओभरमा विकेट लिन नसकेका सन्दीपले १७औँ ओभर बलिङ गर्दा एक विकेट लिएन। उनले १७औँ ओभरको पाँचौ बलमा होवेललाई बोल्ड गरे।

कोमिला भिक्टोरिएन्स विरुद्ध खेल्दै बीपीएलमा डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिएका थिए। तर त्यसपछिको दुई खेलमा विकेटलेस बनेपछि उनी अघिल्लो खेलमा पहिलो रोजाईँमा परेका थिएनन्।

सन्दीपले कसिलो बलिङ गरेको खेलमा सिलेटले राइडर्सलाई २७ रनले पराजित गर्दै दोस्रो जित हात पारेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सिक्सर्सले लिटन दास र कप्तान डेविड वार्नरको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो।

दासले ७० रन बनाए भने वार्नरले नटआउट ६१ रन योगदान गरे। राइडर्सका लागि शाफिउल इस्लामले ३ विकेट लिए।

१८८ रनको लक्ष्य पछ्याएको राइडर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। राइडर्सका रिले रुसोले सर्वाधिक ५८ तथा मोहमद मिथुनले ३५ रन बनाए। कप्तान मोसराफे मोर्तजाले नटआउट ३३ न जोडेपनि जितका लागि पर्याप्त भए।

सिक्सर्सका मेहदी हसन राना र तस्किन अहेमदले २-२ तथा सोहेल तनविर र सन्दीप लामिछानेले १-१ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell