PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

व्यक्ति हत्या अभियोग लागेको २० वर्षपछि ८८ वर्षीय वृद्ध पक्राउ



पहिलोपोस्ट

व्यक्ति हत्या अभियोग लागेको २० वर्षपछि ८८ वर्षीय वृद्ध पक्राउ

पर्साः कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

हत्याको अभियोगमा फरार रहँदै आएका पर्सा छिपहरमाई गाउँपालिका–२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो।

विसं २०५५ साउन २४ गते भएको हत्यामा कानु संलग्न भएको भन्दै जिल्ला अदालत पर्साले उनलाई पक्राउ आदेश जारी गरेपछि उनी फरार रहँदै आएका थिए। अभियुक्त कानु घरमै लुकी बसेको सूचनाका आधारमा कारवाही गर्दा उनलाई घर नजिकैबाट पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

पक्राउ परेका कानुलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराई आवश्यक अनुसन्धानका लागि म्याद बुझेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell