PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

विक्की अभिनित 'उरी' बन्यो २०१९ को पहिलो हिट फिल्म



पहिलोपोस्ट

विक्की अभिनित 'उरी' बन्यो २०१९ को पहिलो हिट फिल्म

विक्की कौशल अभिनित फिल्म 'उरी - द सर्जिकल स्ट्राइक' २०१९ को पहिलो हिट फिल्म बनेको छ। फिल्मले प्रदर्शनको केही दिनमै ५५ करोड माथिको ब्यापार गरेको द हिन्दुस्तान टाइम्समा उल्लेख छ। विक्कीको यो सोलो हिट फिल्म हो।

फिल्मको ओपनिङ ब्यापार नै ८ करोड माथि थियो। प्रदर्शनको पाँच दिनमा फिल्मले ५० करोड कमाएको हो। हालै, निर्माण टिमले फिल्मको सक्सेस पार्टी पनि मनाएको छ। विक्कीसँगै फिल्मका मुख्य कलाकार यामी गौतम, निर्देशक आदित्य धरलगायतको कलाकार सक्सेस पार्टीमा देखिए।

फिल्म सत्य घट्नामा आधारित रहेर बनेको हो। निर्माण टिमले फिल्मको माउथ पब्लिसिटी राम्रो रहेको बताए। फिल्म जनवरी ११ देखि प्रदर्शनरत छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell