PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक पक्राउ



पहिलोपोस्ट

रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक पक्राउ

काठमाडौँ : विवेकशील नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना(न्यौपानेको) चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई पक्राउ गरेको गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए। पक्राउ परेका अधिकारी विरुद्ध प्रहरीले विद्युतीय अपराध तथा कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

गत मंगवार पनि मुक्तिखबर डटकमका सञ्चालक श्याम रोकालाई पक्राउ गरेको थियो। रञ्जु दर्शनाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकि थिइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell