PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

वाइडबडी खरिदमा जो दोषी भए पनि कारबाही हुनुपर्छः नेता कोइराला



पहिलोपोस्ट

वाइडबडी खरिदमा जो दोषी भए पनि कारबाही हुनुपर्छः नेता कोइराला

कलैयाः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाएका छन्। कोइरालाले बाइडबडी जहाज खरिद प्रकरणमा जो दोषी भए पनि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे।

बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले सिम्रौनगढमा आयोजना गरेको आमसभामा उनले बलात्कार, हत्या हिंसा, कालोबजारी, भष्ट्राचार जस्ता कार्य अझै बढेको भन्दै त्यसलाई रोक्न सरकारले नसकेको आरोप लगाए।

केन्द्रीय सदस्य उमाकान्त चौधरीले बारा निर्वाचन क्षेत्र नं १ मा शिक्षा, स्वास्थ्य, बिजुली बत्ती, बाटोघाटो पुल पुलेसा, सिँचाइको प्रबन्ध मिलाउन आफू क्रियाशील रहेको बताए। एक अर्को प्रसङ्गमा नेता चौधरीले मधेशवादी दल सत्ता र शक्तिका लागि राजनीति गरिरहेको आरोप लगाए। केन्द्रीय सदस्य कल्याण गुरुङले नेपाली जनतामाथि अन्याय नगर्न वर्तमान सरकारलाई आग्रह गरे।

पूर्वसांसद डा शोभाकर पराजुलीले सङ्घीयतालाई नै धरापमा पार्ने खेलमा वर्तमान सरकार लागिपरेको आरोप लगाए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell