PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

सामाखुशीमा ढलको नालीभित्र भेटियो शव



पहिलोपोस्ट

सामाखुशीमा ढलको नालीभित्र भेटियो शव

काठमाडौं : सामाखुसीमा एक जनाको शव फेला परेको छ।

सामाखुसी राधास्वामी मन्दिर नजिकै अन्दाजी ४० वर्षीय मानिसको शव फेला परेको महानगरीय प्रहरी प्रभाग तिलिङाटारका प्रमुख सई चन्द्र अधिकारीले जानकारी दिए। सई अधिकारीले भने, 'स्थानीयले जानकारी दिएपछि हामी घटनास्थलमा पुगेका छौँ। शव नालीमा घोप्टो अवस्थामा रहेको छ।'  शवको सनाखत हुन सकेको छैन।

प्रहरीले थप अनुसन्धान गरिररहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell