PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विजौरी बलात्कार काण्डका मुख्य अभियुक्त दश वर्षपछि पक्राउ



पहिलोपोस्ट

विजौरी बलात्कार काण्डका मुख्य अभियुक्त दश वर्षपछि पक्राउ

काठमाडौः दश वर्ष अगाडि तुलसीपुरमा भएको विजौरी बलात्कार घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले बिहीवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का ३१ वर्षीय विष्णु चौधरीलाई पक्राउ गरेको हो।

२०६५ चैत १५ गते महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा प्लस टुमा अध्ययनरत १७ वर्षीया कल्पना खनाललाई बलात्कार गरेका थिए। आफन्तकोमा गएर तुलसीपुरबाट घोराहीतर्फ (नेपाल बन्दका कारण) पैदल आउँदै गरेको अवस्थामा संस्कृत विश्व विद्यालय चोकको प्रतिक्षालय नजिकैबाट युवती खनालाई नियन्त्रणमा लिएको प्रहरी अनुसन्धानमा देखिएको थियो। खनाललाई दक्षिणतर्फ रहेको टिनको घुम्तीमा लगी नशालु पदार्थ खुवाई रातभरि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

सामूहिक बलात्कारपछि बिरामी भएकी खनालको ८४ दिनमा मृत्यु भएको थियो। सर्वोच्च अदालतले २०७२ फागुन ३० गते चौधरीलगायतलाई ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell