PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

अन्जु पन्त र मनोजराजको स्वरमा 'सम्झे पनि तिम्रो याद'



पहिलोपोस्ट

अन्जु पन्त र मनोजराजको स्वरमा 'सम्झे पनि तिम्रो याद'

काठमाडौं : गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा 'सम्झे पनि तिम्रो याद' बोलको नयाँ गजल सार्वजनिक भएको छ।

वैवाहिक सम्बन्ध विच्छेदपछि पहिलोपटक अन्जु र मनोजराजले यो गजल एकसाथ गाएका हुन्। गजलकार सुरेश वाग्लेको एल्वम 'तिमी साथ भएपछि'मा यो गजल समावेश गरिएको छ।

वाग्लेको शब्द तथा मनोजराजकै संगीत रहेको गजलको म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र वाग्ले फिचर्ड छन्। भिडियोमा अन्जु र मनोजको वास्तविक कथा देखाउन खोजिएको छ। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। वाग्लेले आफ्नो विशेष पहलमा उनीहरूलाई फेरि सँगै गाउने वातावरण तयार गरेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell