PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

'१५ चोटी धोका, डा केसीलाई तलमाथि भए सरकारलाई कलंकको टीका' भन्दै डा केसीका समर्थक उत्रिए प्रदर्शनमा

'१५ चोटी धोका, डा केसीलाई तलमाथि भए सरकारलाई कलंकको टीका' भन्दै डा केसीका समर्थक उत्रिए प्रदर्शनमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: १६ औं पटक अनशनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था खस्केपछि इलामबाट काठमाडौं ल्याइसकेको छ। चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसिरहेका डा केसी अहिले टिचिङमा छन्।

उनको समर्थनमा आज पनि माइतीघर मण्डलामा प्रदर्शन भएको छ। उनका समर्थक पन्ध्र चोटि सम्झौता, पन्ध्रै चोटि धोका, डा केसीलाई तलमाथि भए सरकारलाई कलंकको टीका, माफियाको ताँती ओली सरकारका साथीजस्ता नारा लेखिएको पोस्टर बोकेर नयाँ बानेश्वरसम्म पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell