PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मास इन्टर्टेनिङमा पनि सफल रणवीर सिंह : सिम्बाले कटायो २ सय ३० करोडको कलेक्सन



पहिलोपोस्ट

मास इन्टर्टेनिङमा पनि सफल रणवीर सिंह : सिम्बाले कटायो २ सय ३० करोडको कलेक्सन

निर्देशक रोहित सेट्टीको एक्सन फिल्म सिम्बा लिड रोलमा रहेका रणवीर सिंहको भने पहिलो मास इन्टर्टेनिङ फिल्म हो। रणवीरसँगै सारा अली खान फिल्मको लिड रोलमा छिन्। मास इन्टर्टेनिङ भएपछि फिल्मको कमाइमाथि सबैको चासो हुने नै गर्छ। हिट भइसकेको फिल्म ठूलो पर्दामा तेस्रो साता पनि टिक्यो। नोभेम्बर २८ मा रिलिज भएको फिल्ममा रणवीर एउटा भ्रष्ट प्रहरीको भूमिकामा छन्।

फिल्मले २ सय ३० करोडभन्दा बढी आम्दानी गरिसकेको छ। तेस्रो साता पूरा गर्दा पनि फिल्म हलबाट उत्रिने अवस्थामा भने छैन। फिल्मले तेस्रो सातामात्रै २० करोड २५ लाख कलेक्सन गर्‍यो। यो फिल्म नेपालका मल्टिप्लेक्सबाट पनि उत्रेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell