PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

जङ्गली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु



पहिलोपोस्ट

जङ्गली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु
प्रतिकात्मक फोटो

काठमाडौँ: जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ।

आज कन्चनपुर नगरपालिका ११ गोरपाक बस्ने ५३ वर्षीय कौशिला देवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेस रिमालले जानकारी दिए। जङ्गली हात्ती आएको हल्ला सुनी घर बाहिर निस्केर हेर्न खोज्दा हात्तीले मण्डलको घाँटीमा कुल्चेको थियो। त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell