PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मरेको जङ्गली बँदेलसहित दुईजना पक्राउ



पहिलोपोस्ट

मरेको जङ्गली बँदेलसहित दुईजना पक्राउ

तौलिहवाः शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका ३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

प्रहरीले चेक गर्ने क्रममा शिवराज नगपालिका३ समितिचोकबाट लु ३१ प ५०९८ नम्बरको मोटरसाइकलमा बँदेल ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो। बँदेलसहित नियन्त्रणमा लिएका दुई जनालाई आवश्यक कारवाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटालाई बुझाइएको छ।

पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले बताए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell