काठमाडौं : दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलले जितेको छ।
सशस्त्रले नेपाल प्रहरीलाई ३ एकको सेटमा पराजित गर्दै उपाधी सुरक्षित गरेको हो। पहिलो सेटमा २५-८ को सहज जित निकालेको सशस्त्र दोस्रो सेटमा भने नेपाल पुलिससँग २५-१८ को हार बेहोरेको थियो। तेस्रो र चौथो सेटमा सशस्त्रले बराबर २५-१७ मा जित हासिल गरेको हो।
प्रतियोगितामा वेस्ट स्पाइकर : प्रतिभा माली, प्रदेश ३
बेस्ट ब्लकर : हिरा केसी, एएफपी
बेस्ट सेटर : कमला पुन, नेपाल प्रहरी
बेस्ट डिफेन्स : शान्ति तामाङ, नेपाल प्रहरी
बेस्ट सर्वर : करुणा शाही, गण्डकी
बेस्ट कोच : ज्ञानेन्द्र विष्ट, एएफपी
उत्कृष्ट खेलाडी : सरस्वती चौधरी, एएफपी