PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

विकेश कुथु नायक बनेपछि आर्मीले उचाल्यो विशाल गोल्डकप, सडन डेथमा हिमालयन शेर्पा पराजित



राधेश्याम पटेल

विकेश कुथु नायक बनेपछि आर्मीले उचाल्यो विशाल गोल्डकप, सडन डेथमा हिमालयन शेर्पा पराजित

वीरगंज: त्रिभुवन आर्मी क्लबले वीरगंजमा आयोजित दोस्रो टुबोर्ग विशाल गोल्डकप फुटबलको उपाधि जितेको छ। साबिक विजेतासमेत रहेको आर्मीले नारायणी रंगशालामा शनिवार भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१ ले हाराउँदै उपाधि रक्षा गर्न सफल भएको हो।

 निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। तर ट्राइबेकरमा पनि दुवै टिमबाट ४–४ गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट गरिएको हो। सडन डेथमा हिमालयन शेर्पाका आशिष गुरुङले प्रहार गरेको बल, आर्मीका गोल रक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै गोल पोष्टभित्र छिर्न नदिएपछि आर्मीले हिमालयन शेर्पालाइ सडन डेथमा २–१ ले हराउँदै उपाधि उचालेको हो।

 सडन डेथमा आर्मीका लागि टेकबहादुर बुढाथोकी र गोल रक्षक विकेश कुथुले गोल गर्न सफल भए भने हिमालयन शेर्पाका लागि एक मात्र गोल बिसन गुरुङगले गरे। ट्राइबेकरमा आर्मीका लागि कप्तान भरत खवास ,सन्तोष तामाङ, दीप लामा र विवेक बस्नेतले तथा हिमालयन शेर्पाका लागि विजय श्रेष्ठ ,उरिच सिवे ,विश्वास श्रेष्ठ र विकास तामाङले गरेका थिए। ट्राइबेकरमा आर्मीका दिपक गुरुङ र प्याट्रिक प्रभाइभेटको प्रहारलाई भने गोल रक्षकहरुले रोकेका थिए।

उपाधि विजेता आर्मी क्लबले नगद पाँच लाख ५५ हजार पाच सय ५५ रुपैया र ट्रफी हात पारेको छ। उपविजेता हिमालयन शेर्पाले भने नगद दुइ लाख ७७ हजार सात सय ७७ रुपैयामै चित्त बुझायो।

 प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमालयन शेर्पाका स्ट्राइकर विश्वास श्रेष्ठ घोषित भए। प्रतियोगितामा चार गोल गर्न सफल उनलाइ  सुजी कम्पनीको एक सय ५५ सिसिको जिक्सर मोटरसाइकल प्रदान गरिएको छ।त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु,उत्कष्ट डिफेन्सआर्मीका दिपक गुरुङ, उत्कष्ट मिड फिल्डर आर्मीका सन्तोष तमाङ,उत्कृष्ट स्ट्राइकर हिमालयनका विश्वास श्रेष्ठ र उत्कष्ट कोचको उपाधी आर्मीका नविन न्यौपाने घोष्ति हुनुको साथै समान १५–१५ हजार नगद पुरस्कार पाए।

प्रतियोगिताको समापन समारोहमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले विजेता र उपविजेता टिमका खेलाडीहरुलाइ ट्रफी र मेडल प्रदान गर्नु भएको हो।पुष २८ गते देखि आयोजीत प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टिमको सहभागीता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell