PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

सिमरा गोल्डकपः पेनाल्टी सुटआउटमा गोलकिपर राजबाबु थापाले सरस्वतीको तीन प्रहार रोकेपछि संकटा क्वाटरफाइनलमा



राधेश्याम पटेल

सिमरा गोल्डकपः पेनाल्टी सुटआउटमा गोलकिपर राजबाबु थापाले सरस्वतीको तीन प्रहार रोकेपछि संकटा क्वाटरफाइनलमा

वीरगंज : सिएमजी संकटा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ। शनिवार भएको खेलमा सरस्वती यूथ क्लबविरुद्ध टाइव्रेकरमा जित निकाल्दै संकटा क्लबक्वाटरफाईनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि नतिजा टाइव्रेकरबाट निकालिएको हो। खेलको ३८ औं मिनटमा मोहन गुरुङको गोलबाट लिएको अग्रता सरस्वतीले बचाउन  सकेन। ५८ औं मिनटमा जय गुरुङले बराबरी गोल फर्काएपछि संकटा खेलमा फर्कियो। शुरुवाती अग्रता जोगाउन नसक्दा ए डिभिजन क्लब सरस्वती प्रतियोगिताबाट बाहिरियो।

संकटाको जितमा गोलरक्षक राजाबाबु थापा नायक बने। टाइव्रेकरमा सरस्वतीका तिन प्रहार उत्कृष्ट बचाउ गर्न सफल थापा म्यान अफ दि म्याच बने। उनले सरस्वतीका भिक्टर अमोवी, रमेश घिसिङ र दिपक गुप्ताको प्रहार रोकेका थिए। सरस्वतीका लागि मोहन गुरुङले मात्रै टाइव्रेकरमा गोल गरे।

संकटाका लागि टाइव्रेकरमा लक्ष्मण रुचाल, सुरज गुरुङ र रोमन लिम्बुले गोल गरेका थिए। संकटाका अमित तामाङको प्रहार बाहिरीयो भने दिपेश आलेमगरको प्रहार क्रसबारमा लागेर फर्कियो।सिमरा गोल्डकपको आठौं संस्करणको विजेता समेत रहेको संकटाले सेमीफाइनल प्रवेशका लागि मंगलबार थ्रीस्टार क्लबको सामना गर्नेछ। 

म्यान अफ दि म्याच संकटाका गोलरक्षक थापाले १० हजार नगद प्राप्त गरे। उनलाई क्लबका अध्यक्ष कासिम मियाँ र पूर्व अध्यक्ष राजकुमार भट्टराईले म्यान अफ दि म्याचको ट्रफि सहित चेक हस्तान्तरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell