PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सभामुख कप महिला भलिबल : पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन



पहिलोपोस्ट

सभामुख कप महिला भलिबल : पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

पोखरा : विभागीय भिडन्तमा नेपाल पुलिसलाई पराजित गर्दै एपीएफले दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिवार भएको फाइनल खेलमा एपीएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो। च्याम्पियन एपीएफले उपाधिसंगै नगद ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता नेपाल पुलिसले २ लाख रुपैयाँमा हात पार्‍यो।

निकै रोमाञ्चकमा एपीएपले पुलिसलाई २५-८, १८-२५, २५-१७, २५-१७ ले पराजित गरेको हो। एक साताको अवधीमा एपीएफको यो दोस्रो उपाधि हो। एपीएफले यसअघि न्यू डायमण्ड कपको उपाधि जितेको थियो।

च्याम्पियन एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद १५ हजार हात पारिन्।

यस्तै विधागततर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर, नेपाल पुलिसकी शान्ती तामाङ उत्कृष्ट डिफेन्डर, गण्डकी प्रदेशकी अरुणा शाही उत्कृष्ट सर्भर, एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर भईन् भने एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षत्र बने। विधागत उत्कृष्ट खेलाडीले ५-५ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै शनिवारै भएको खेलमा प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै तेस्रो स्थान हात पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell