PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

एमएम कप क्रिकेट : पुलिसलाई हराउँदै आर्मी च्याम्पियन, दिलिप नाथ प्लेअर अफ दि सिरिज



पहिलोपोस्ट

एमएम कप क्रिकेट : पुलिसलाई हराउँदै आर्मी च्याम्पियन, दिलिप नाथ प्लेअर अफ दि सिरिज

सुनसरी : विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मीले पहिलो संस्करणको मनमोहन स्मृति (एमएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि जितेको छ।

सुनसरीको इनरुवामा शनिवार सम्पन्न फाइनलमा पुलिसलाई ८३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।

शान्तिदीप नेपाल इनरुवा र इनरुवा नगरपालिकाको संयुक्त आयोजना पहिलो पटक भएको प्रतियोगिताको उपाधि विजेता आर्मीले नगद ४ लाख १ हजार रुपैयाँ हात पार्दा उपविजेता पुलिसले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्‍यो।

फाइनलमा टस जितेर पहिले ब्याटिङ आर्मीले राजेश पुलामी मगरको अर्धशतक मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो। जवाफमा कमजोर ब्याटिङ गरेको पुलिस ४२.५ ओभरमै अलआउट भयो। आर्मीका शाहब आलम र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरेपछि पुलिस १६६ रनमै अलआउट भएको हो।

आर्मीका लागि राजेश पुलामी मगरले सर्वाधिक ६९ रन बनाए भने कुशल मल्ले ४९ रन जोडे। यस्तै कप्तान विदनोद भण्डारीले २६ रन बनाए। बलिङमा पुलिसका दिपेश श्रेष्ठले ३ तथा रामनरेश गिरीले २ विकेट लिए।

कमजोर ब्याटिङ गरेको पुलिसका लागि योगेन्द्र सिंह कार्कीले अर्धशतक प्रहार गरेपनि जित दिलाउन पर्याप्त भए। योगेन्द्रले सर्वाधिक ५१ रन बनाएको पुलिसको इनिङ्समा हिमाशुं दत्तले २९ तथा अमित श्रेष्ठले २५ रन बनाए।

पुलिसलाई अलआउट गर्न देब्रेहाते स्पिनर शाहब आलम र कुशल मल्लले ३-३ विकेट लिए। आलमले १० ओभरमा २ मेडन ओभर गर्दै २३ रन खर्चिए भने मल्लले ६.५ ओभरमा ३३ रन खर्चिए। यस्तै सुशन भारिले २, विक्रम सोब र हरि बहादुर चौहान १/१ विकेट लिए।

प्रतियोगितामा पुलिसका विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ 'प्लेअर अफ दि सिरिज' घोषित भए। उनले नगद ५१ हजार हात पारे।

'प्लेअर अफ दि सिरिज' पुलिसका दिलिप नाथ

यस्तै च्याम्पियन आर्मीका भिम शार्की उत्कृष्ट ब्याट्सम्यान तथा पुलिसका सागर ढकाल उत्कृष्ट बलर घोषित भए। दुवैले समान २० हजार प्राप्त गरे। यस्तै उदयीमान खेलाडी स्थानीय टिम शान्तिदिपका सरोज बस्नेत घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

अल-राउण्ड प्रदर्शन गरेका कुशल मल्ल फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell