
कासेमिरो र लुका मोडरिचले दोस्रो हाफमा गोल गरेपछि सेभियालाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ।
शनिवार भएको खेलमा रियलले सेभियालाई २-० ले पराजित गरेको हो। जितपछि रियलले सेभियालाई नै ३ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो। रियलको जितमा कासेमिरोले ७८औँ र मोडरिचले इन्जुरी टाइममा गोल गरे।
जितपछि रियलको २० खेलबाट ३६ अंक छ भने दोस्रो स्थानको एट्लेटिको म्रिडसँग अंकदूरी २ मा झारेको छ। एट्लेटिकोले हुएस्कासँग खलिरहेको छ।
१९ खेलबाट ४३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ।