PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एमबाप्पे र कभानीको ह्याट्रिक, गुइनगाम्पको पोष्टमा पीएसजीको ९ गोल



पहिलोपोस्ट

एमबाप्पे र कभानीको ह्याट्रिक, गुइनगाम्पको पोष्टमा पीएसजीको ९ गोल

एकै खेलमा एडिनशन कभानी र किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मने (पिएसजी)ले फ्रेन्च लिग वानमा गुइनगाम्पलाई ९-० को फारिकलो अन्तरले पराजित गरेको छ।

पिएसजीका लागि नेमारले पनि दुई गोल गरे। यस्तै थोमस मनिएरले एक गोल थपे।

यस जितपछि पिएसजीले फ्रेन्च लिगमा दश दिनअघि बेहोरेको २-१ को हारको बदला समेत लिएको छ।

फ्रेन्च लिगमा एकै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको ४० वर्षयता पहिलो हो। सन् १९७९ मा बोर्डेक्सका दुई खेलाडीले एकै खेलमा ह्याट्रिक गरेका थिए।

यस सिजन लिग वानमा अपराजित रहँदै १९ खेलबाट ५३ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ। पिएसजीले दोस्रो स्थानको लिले माथि १३ अंकको अग्रता कायम गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell