PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

'रणवीर' निर्देशक गोविन्द सिंह भण्डारी : साउथ इन्डियन फिल्मबाट अनुभव बटुलें



पहिलोपोस्ट

'रणवीर' निर्देशक गोविन्द सिंह भण्डारी : साउथ इन्डियन फिल्मबाट अनुभव बटुलें

काठमाडौं :  फिल्म 'रणवीर' टिम अहिले प्रचारका लागि मोफसलमा छ। पोखरामा पुगेर टिमले दर्शक र पत्रकारसँग साक्षात्कार कार्यक्रम पनि गर्‍यो।

माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मका मुख्य अभिनेता सुशील सिटौला, अभिनेत्री शुभेच्छा खड्का, सुपुष्पा भट्ट, निर्देशक गोविन्द सिंह भण्डारीलगायतको टिम पोखरा पुगेको हो।

फिल्मबारे अन्तरक्रिया कार्यक्रममा अभिनेता सुशीलले 'रणवीर' मुलुकको विकृति विरुद्धमा उत्रने पात्र रहेको बताए। उनले भने 'यसअघिका फिल्ममा चकलेटी भूमिकामा दर्शकले मलाई हेर्दै आए पनि यसमा रणवीर बनेर म मुलुकका विकृति बिसंगति विरुद्ध उत्रिएको छु। रणवीरमा दर्शकहरुले मलाई छुट्टै चरित्रमा देख्नु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’

फिल्ममा सुशीलसँगै प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको अभिनय छ। नव-अभिनेत्री एवं मिस नेपाल इन्टरनेशलन २०१२ शुभेच्छाले  फिल्मबाट आशावादी रहेको बताइन्।

निर्देशक गोविन्दले यसअघि आफूले दक्षिण भारतीय सिनेमा क्षेत्रमा अनुभव बटुलेको बताए। 'नेपालमा गुणस्तरीय फिल्म बनाउनु पर्छ भनेर भारतबाट आएको हुँ,' उनले फिल्मबारे भने 'रणवीरमा भ्रस्टाचार अपहरण जस्ता विविध समस्यालाई देखाउन खोजेका छौं।'

फिल्ममा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछाने, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell