PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

डाक्टर केसीकै आग्रहमा आइसीयूबाट वार्डमा सारिँदै, भने : आइसीयूमा बेड अभाव नहोस्



पहिलोपोस्ट

डाक्टर केसीकै आग्रहमा आइसीयूबाट वार्डमा सारिँदै, भने : आइसीयूमा बेड अभाव नहोस्
फाइल फोटो

काठमाडौं : १२ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई वार्डमा सारिने भएको छ। इलामबाट काठमाडौँ ल्याए लगत्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसियूमा उपचाररत उनलाई आज वार्डमा सारिने भएको हो।

उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था जोखिममा रहेको बताउँदा बताउँदै पनि केसीकै आग्रहमा आइसियू बेडको अभाव नहोस् भन्दै बेडमा सर्न लागेका हुन्।  उनले आइसियू बेडको अभावमा सर्वसाधारलाई उपचार गर्न समस्या नपरोस भनेर आग्रह गरेपछि उनलाई बेडमा सार्न लागेको अभियन्ता प्रितम सुवेदीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell