PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

चितवनमा भेटिए 'गोपी'



पहिलोपोस्ट

चितवनमा भेटिए 'गोपी'

काठमाडौं : चितवनमा 'गोपी' टिमले फिल्मसँग मिल्ने पात्र भेटेका छन्। फिल्म प्रचारका लागि मोफसल पुगेका टिमले गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन्। फिल्मले गाई व्यवसाय गर्ने एमए पढेका एक युवकको कथा बोल्छ। 

'गोपी'का मुख्य अभिनेता विपिन कार्कीसहितको टिमले ढकालको गाई फर्म पनि भिजिट गरे। ढकालले फिल्मको ट्रेलरसमेत हेरिसकेको निर्माण टिमले जनाएको छ। एकपटक पनि हलमा फिल्म हेर्न नगएका ढकालले टिमलाई गोपी हेर्ने बाचा गरेका छन्। 

मोफसलमा विपिनसँगै वर्षा राउत, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन्।  दीपेन्द्र लामा निर्देशित फिल्म माघ १८ गतेदेखि प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell