PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता



पहिलोपोस्ट

काठमाडौँ : थाइल्याण्ड टि-२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ।

समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो। थाइल्याण्डमा शनिबार सम्पन्न फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि उपाधि जित्तबाट बन्चित भएको हो।

शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियालाई ९२ रनले हराएको थियो। त्यस्तै नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको तथा दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो। त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई छ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो।

अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजीक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पूरा हुन सकेन। यसअघि सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell