PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

ओलम्पिकका लागि तेक्वान्दोको प्रारम्भिक छनोट, विभागीयको वर्चस्व



पहिलोपोस्ट

ओलम्पिकका लागि तेक्वान्दोको प्रारम्भिक छनोट, विभागीयको वर्चस्व

काठमाडौँ : नेपाल तेक्वान्दो संघले जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदका तेक्वान्दोको प्रारम्भिक छनोट गरेको छ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट ओलम्पिकका लागि ३ पुरुष र २ महिला खेलाडी छनोट गरेको छ। आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीको प्रारम्भिक छनोट गरिएको तेक्वान्दो संघका प्रवक्ता दिपक विष्टले जनाएको छन्।

छनोटमा नेपाल प्रहरी क्लबका खेलाडीको वर्चस्व रहेको छ। ५ मध्ये प्रहरीका ४ खेलाडी प्रारम्भिक छनोटमा परे। बाँकी १ खेलाडी नेपाल आर्मी क्लबका छन्।

पुरुष ५८ केजीमुनि फाइनलमा आर्मीका सागर गुभाजुलाई २३–१६ ले पराजित गर्दै प्रहरीका मनोज मल्ल पहिलो भए। ६८ केजीमुनि प्रहरीका वीरबहादुर महरा पहिलो भए। उनले फाइनलमा एपीएफ क्लबका उमेश राजभण्डारीलाई ३३–१२ ले हराए। ८० केजीमुनि फाइनलमा प्रहरीका निश्चलमान श्रेष्ठले आर्मीका रामहरि महतलाई १४–१० ले पराजित गरे।

महिला ४९ केजीमुनि आर्मीकी युनिशा राई फाइनलमा एपीएफकी अस्मिता खड्कालाई २८–२० ले हराउदै पहिलो भइन्। ५७ केजीमुनि प्रहरीकी निमा गुरुङले आर्मीकी रेश्मा थापामाथि २०–८ को जित निकालिन्।

एकदिने छनोटअन्तर्गत पुरुषतर्फ ३ स्पर्धामा ३५ तथा महिलातर्फ २ स्पर्धामा १३ खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell