PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

सिमरा गोल्डकप : विभागीय डर्बीमा एपीएफलाई हराउँदै आर्मी सेमिफाइनलमा



पहिलोपोस्ट

सिमरा गोल्डकप : विभागीय डर्बीमा एपीएफलाई हराउँदै आर्मी सेमिफाइनलमा

वीरगंज : एक दिन अघि मात्र विशाल गोल्डकपको उपाधि जितको त्रिभुवन आर्मी क्लब सिमरामा जारी दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतवार भएको विभागीय डर्बी भिडन्तमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ४- २ गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो।

सिमरा रंगशालामा भएको खेलमा आर्मीले दुई पटक पछि परेको अवस्था उल्टाउदै जित निकालेको हो। आर्मीलाई जित दिलाउन टंक बस्नेतले दुई गोल गरे भने दिपक गुरुङ र सुदिल राईले एक-एक गोल गरेका थिए।

एपीएफका राजन गुरुङ र आशिष लामाले एक–एक गोल गरे।

खेलको ३१औ मिनेटमा राजनको गोलबाट एपीएफले सुरुवाती अग्रता बनाएको थियो। ४३ औ मिनेटमा आर्मीका टंकले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।  तर, ४७ औ मिनेटमा आशिषले गोल गर्दै एपीएफले २-१ को अग्रता दिलाए। दोस्रो हाफमा आर्मीले एकतर्फी खेल खेल्दै जित निकाल्यो।

७३औ मिनेटमा आर्मीका दिपकले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। ८६औँ मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ३-२ को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-२ को जित दिलाए।

खेलमा आर्मीका दिपक म्यान अफ दि म्याच चुनिए। उनले १० हजार नगद प्राप्त गरे।

अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक नव जनजागृति क्लब र मकवानपुर–११ बीचको विजेतासंग खेल्नेछ। नव जनजागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell