PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता



पहिलोपोस्ट

त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता

रत्ननगरः चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ।

गएराति ११ः२५ बजे ना ३ ख १८३ नम्बरको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए।

बेपत्ता चालकको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell