
लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगा लगातार साट्टौँ खेल जित्ने क्रममा गएराती लेगानेसलाई ३-१ ले पराजित गरेको छ। घरेलु मैदानमा बार्सिलोनाका लागि ओसमान डेम्बेले, लुइस सुअरेज र लियोनल मेसीले एक-एक गोल गरे।
वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेसीले इन्जुरी टाइममा गोल थपेका थिए। त्यसअघि ३२औँ मिनेटमा डेम्बेले र ७१औँ मिनेटमा सुअरेजले गोल गरेका थिए। लेगानेसका लागि ५७औँ मिनेटमा ब्रेइथवेइटले गोल गरे।
जितपछि २० खेलबाट ४६ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोमिथ ५ अंकको अग्रता बनाएको छ। समान खेलबाट एट्लेटिकोको ४१ अंक छ।
यस्तै सर्वाधिक गोलकर्तामा मेसी (१८) र सुअरेज (१५) शीर्ष दुई स्थानमा छन्।