PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काँग्रेसले गर्‍यो राष्ट्रियसभा अवरुद्ध : सरकारले निहुँ मात्र खोजेको हो?



पहिलोपोस्ट

काँग्रेसले गर्‍यो राष्ट्रियसभा अवरुद्ध : सरकारले निहुँ मात्र खोजेको हो?

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ। 

डा.गोविन्द केसीको माग र गिरिजा–सुशील कोइराला अस्पतालको माग उठाएर काँग्रेसले सदन अवरुद्ध गरेको हो।

आजको राष्ट्रिय सभा बैठक सुरु हुन साथ काँग्रेसका सांसदहरूले ढ्यापढ्याप गरी समय मागेका थिए। त्यसपछि उक्त समयमा बोल्दै काँग्रेस सांसद सरिता प्रसाईँले भनिन्,‘सरकारले जनता र प्रतिपक्षसँग निहुँ मात्र खोजेको छ। यस्तै निहुँ खोज्ने हो भने प्रतिपक्ष सडकमा जान तयार छ भन्ने कुरा जानकारी गराउन चाहन्छु।’

‘गिरिजा र सुशील कोइरालाको नामको हस्पिटलको नाम काट्ने? प्रतिपक्षी दलसँग निहँ खोजको हो?’ उनले प्रश्न गरिन्, ‘गोविन्द केसीसँग गरेको सम्झौता पालना गर्न सकेको छैन। निहुँ मात्र खोजेको छ।’

काँग्रेसका नेताहरूको नाममा रहेको दुईवटा हस्पिटलका बारे जवाफ नआए संसद् अवरुद्ध गर्ने उनले जानकारी दिइन्।

त्यस लगतै राष्ट्रिय सभा अध्यक्षले गणेश तिमिलसिनाले स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादवलाई त्यस विषयमा जानकारी दिन समय उपलब्ध गराएका थिए।

राष्ट्रिय सभा बैठकमा जानकारी दिँदै स्वास्थ्य राज्यमन्त्री यादवले गिरिजा र सुशील कोइरालाको नाममा रहेको कुनै अस्पताल खारेज नभएको बताए । उनले ९ वटा अस्पतालको विकास समितिका विषयमा मात्र निर्णय भएको जनाए। तर पनि काँग्रेस सांसदहरूले सदन अवरुद्ध जारी /राखेपछि सभाअध्यक्ष तिमिल्सिनाले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell