PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

डेन्जर जोन फूल्चोकीः खोंचमा हराएका ३ जनाको प्रहरीले गर्‍यो उद्धार



पहिलोपोस्ट

डेन्जर जोन फूल्चोकीः खोंचमा हराएका ३ जनाको प्रहरीले गर्‍यो उद्धार

काठमाडौँः गोदावरी नगरपालिका फुल्चोकीमा अलपत्र परेका ३ जना किशोर–किशोरीलाई प्रहरीले उद्धार गरेको छ। घुम्न गएका उनीहरू बाटो बिराएर अलपत्र परेको सूचना प्रहरीले पाएपछि उद्धार गरिएको हो। उद्धार गरेका तीनै जनालाई अभिभावकको जिम्मा लगाएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए।

हराएको सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग बाँडेगाँउबाट प्रहरी निरीक्षक श्याम कुमार कटुवालको कमाण्डमा ९ जनाको टोली परिचालित भएको थियो।

खेजीका क्रममा उनीहरूलाई गोदावरी बसपार्कबाट करिब ९ किलोमिटर पूर्व फुल्चोकी जंगलको बीच खोंचमा सकुशल फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीले उद्धार गरेकाहरुमा नुवाकोटकी १८ वर्षीय मल्लिका तामाङ, १७ वर्षीय मुस्कान तामाड र महोत्तरीका १९ वर्षीय अभिलेखप्रसाद साह रहेका छन्। प्रहरीले सोही स्थानबाट केही दिन अगाडि मात्र हराएका १६ जनाको उद्धार गरेको थियो।

गत वर्ष पनि प्रहरीले १७ वर्षीय जोन तामाङलाई सात दिन पछि फेला पारेको थियो। समुद्री सतहभन्दा ६ हजार ६ सय ६३ फिटको उचाइमा झण्डै ७० डिग्री कोणको भिरालो जमिनभित्र जोन फेला परेका थिए।  फुल्चोकीबाट स्कूले साथीहरुसँगै हाइकिङ जाने क्रममा जोन हराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell