PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कांग्रेसद्वारा प्रतिनिधि सभा पनि अवरुद्धः सरकारले कांग्रेसको इतिहासमाथि नै प्रहार गरेको आरोप



कांग्रेसद्वारा प्रतिनिधि सभा पनि अवरुद्धः सरकारले कांग्रेसको इतिहासमाथि नै प्रहार गरेको आरोप

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको छ।

राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको कांग्रेसले आजको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको हो।

आजको प्रतिनिधि सभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर सभामुखको ध्यानाकषर्ण गराएका थिए। सभामुख कृष्णबहादुर महराले समय उपलब्ध गराएपछि कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले गिरिजा प्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पताल बारेको निर्णय नसच्याए संसद चल्न नदिने बताए।

‘स्वास्थ्य मन्त्रालयले २०७५ पुस १९ गते स्वास्थ्य सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो। जसमा ११ वटा अस्पतालहरु उपचार केन्द्र स्वस्थ्य केन्द्रसँग सम्बन्धी प्रस्तावहरु पेस भएको थियो,’ गच्छदारले भने, ‘अस्पतालहरु केन्द्र सरकार मै रहने गरीकन गठनादेशको निर्णयका निम्ति प्रस्तावहरु पठाइएको थियो। ती ११ प्रस्तावहरु मध्ये १० र ११ नम्बर प्रस्तावको कुनै निर्णय भएन।’

‘१० नम्बरमा जिपी कोइराला राष्ट्रिय स्वास्स प्रस्वास केन्द्र र ११ नम्बरमा सुशिल कोइराला क्यान्सर अस्पतालको प्रस्तावसँगै गएको थियो। ९ वटा प्रस्ताव मन्त्रिपरिषद्ले निर्णय गर्यो तर दुईवटा रोकियो। यसप्रति नेपाली कांग्रेसको घोर आपत्ति छ,’ उनले भने।

‘प्रधानमन्त्री हुनुहुन्न तर पार्टीका जिम्मेवार नेताहरु हुनुहुन्छ। प्रधानमन्त्रीले यहीको यही बोल्नु भएको कुरा झूठा हुन्छ भने के भन्ने? यो दुईवटा निर्णय नसच्याएसम्म संसद चल्न दिदैनौं,’ गच्छदारले भने।

सरकारले नेपाली कांग्रेस र नेताहरुको इतिहासमाथि प्रहार गरेको उनले आरोप लगाए।

‘दुई तिहाईको सरकारले सक्छ भने वीपी कोइराला राजमार्गको नाम परिवर्तन गरोस्। त्यसको नाम केपी ओली राखोस्। सक्नु हुन्छ भने राख्नुस्,’ गच्छदारले भने, ‘सरकारसँग हिम्मत छ नेपाली समयमा गएका माओवादी सेनालाई फिर्ता गरोस्।’

‘डा.गोविन्द केसी आमरण अनशनमा हुनुहुन्छ। सम्झौता अनुसोर विधेयक आउनु पर्‍यो। एउटा चिकित्सकको जीवनसँग खेलवाड नगरियोस्,’ गच्छदारले भने।

कांग्रेसका सांसदहरुले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख महराले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell