PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

स्वस्थानी व्रतको पहिलो दिन, माधवनारायणमा पनि व्रतालुको घुँइचो, हेर्नुस् फोटोमा

स्वस्थानी व्रतको पहिलो दिन, माधवनारायणमा पनि व्रतालुको घुँइचो, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। भक्तपुरको माधवनारायणमा पनि व्रत थाल्न बिहान ५ बजेबाटै व्रतालुहरु आइपुगेका थिए।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।



ट्रेन्डिङ पोस्ट

Ncell