PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

एएफसी यू-२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने



रासस

एएफसी यू-२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने
file photo

काठमाडौँ : थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।

एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो।

कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ। छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेल आयोजक कतारसँग २४ मार्चमा खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा खेल्नेछ।

समूहको शीर्ष टोलीले एएफसी यू-२३ च्याम्पियनशिप खेल्नेछन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिप खेल्ने मौका पाउनेछन्।

च्याम्पियनशिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन्। जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ। फाइनल चरणको च्याम्पियनशिपमा १६ टोलीको सहभागिता रहनेछ।

नेपालले अहिलेसम्म एएफसी यू-२३ मा उच्च प्रदर्शन गर्न सकेको छैन। नेपाल पहिलो चरणबाटै आउट हुँदै आएको छ। यस पटक कठिन समूहमा रहेको कारण नेपालको दोस्रो चरणको सम्भावना निकै कठिन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell