PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

सिड्नीमा 'नेपाल आइडल–२' प्रतियोगीको कन्सर्ट



पहिलोपोस्ट

सिड्नीमा 'नेपाल आइडल–२' प्रतियोगीको कन्सर्ट

गायन रियालिटी शो नेपाल आइडल सिजन–२ का प्रतिस्पर्धिहरुले अस्ट्रेलियामा प्रस्तुति दिने भएका छन्। सिड्नीमा हुने प्रतियोगिताका लागि उत्कृष्ट छ जना जाने भएका हुन्।

आगामी फेब्रअरी ८ अर्थात माघ २५ गते शुक्रवार हुने कार्यक्रममा विजेता रवि ओड, विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल तथा पवन गिरीले गीत गाउँनेछन्। सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’को आयोजना नेपाली टचले गर्न लागेको हो ।

‘कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण गरिनुका साथै सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारलाई तीब्र बनाईएको छौं’,  आयोजक दिपेश पुनले बताए।  

लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा पनि सहभागि हुने छिन्। कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिने बताइएको छ।

नेपाली टचले यसअघि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरुलाई पनि अष्ट्रेलियाको कन्सर्टमा प्रस्तुत गरिसकेको छ ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell