PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेपाली फिल्म क्षेत्र खुकुरीको धारमा दौडनुपर्ने अवस्थामा छ : दयाराम दाहाल



पहिलोपोस्ट

नेपाली फिल्म क्षेत्र खुकुरीको धारमा दौडनुपर्ने अवस्थामा छ : दयाराम दाहाल

काठमाडौं:  चलचित्र विकास बोर्डको सदस्यमा निर्वाचित निर्देशक दयाराम दाहालले फिल्मको वर्तमान अवस्थाबारे आफ्नो धारणा राखेका छन्। काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रममा उनले विकास बोर्डमा आवद्ध भएसँगै फिल्मका व्यापारिक अवस्थालाई नजिकबाट नियालेको बताए।

'पहिला फिल्म बनाउन चप्पल खियाउन पर्थ्यो,' उनले भने 'अहिले प्रविधिले हामीलाई धेरै अघि ल्याएको छ। बोर्डमा आवद्ध भएसँगै मैले चलचित्रको ब्यापारलाई नजिकबाट नियाल्ने अवसर पाएँ। अचेल यति कमायो, उति कमायो भनेर हावादारी कुरालाई बढावा दिएको देखिन्छ। वास्तवमा नेपाली फिल्म क्षेत्र खुकुरीको धारमा दौडनुपर्ने अवस्थामा छ। धारमा जो बढी दौडन्छ, त्यसलाई चोट बढी लाग्छ। यो धारबाट फिल्म क्षेत्रलाई राजमार्गमा ल्याउन जरुरी छ।'

उनका अनुसार फिल्मको यकिन व्यापारिक रिपोर्ट बाहिरिन सकेको छैन। थोरै फिल्मले मात्र व्यवसायिक सफलता हासिल गरेको छ। अब, उनले यसै विषयलाई पनि विकास बोर्डमा प्राथमिकता दिएर अघि बढ्ने बताए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell