PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पोलिमर नोट काण्डमा मुछिएका पूर्व गभर्नर रावल १० लाख धरौटी बुझाएर रिहा



पहिलोपोस्ट

पोलिमर नोट काण्डमा मुछिएका पूर्व गभर्नर रावल १० लाख धरौटी बुझाएर रिहा

काठमाडौं : पोलिमर नोट छपाइमा अनियमितता प्रकरणमा पक्राउ परेका पूर्व गभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विषेश अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी लगायतको संयुक्त इजलासले रावलसँग १० लाख घरौटी माग गरेको हो।

रावलविरुद्ध ९१ लाख रुपैयाँको बिगो दावीसहितको मुद्दा परेको थियो।  

यस विषयमा अस्ट्रेलिया सरकारको करप्सन एन्ड क्राइम कमिसनले पनि अस्ट्रेलियाको संघीय प्रहरीलाई छानबिन गर्न लगाएको थियो। सिडनी मर्निङ हेराल्डले सन् २०११ मा  लोकल एजेन्ट हिमालय पाँडेले नेता र राष्ट्र बैँकका अधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारेको खबर प्रकाशित गरेपछि त्यहाँ छानबिन सुरु भएको थियो। 

अस्ट्रेलिया सरकारले आग्रह गरेपछि नेपाल सरकारले हिमालयबहादुर पाँडे, रामराज्यलक्ष्मी पाँडे, पृथ्वीबहादुर पाँडे, उपेन्द्रकेशरी पौडेल, केशव खत्री र तिलक रावलबारे जानकारी सन् २०१४ मा जानकारी पठाएको थियो। 

पोलिमर नोट छाप्न नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०५८/५९ मा अनुमति दिएको थियो। 

नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा र १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो पाइएको अभियोगपत्रमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell