PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

आर्मी च्याम्पियन



रासस

आर्मी च्याम्पियन
फोटो : रासस

पाल्पाको रामपुरमा भएको अन्तर्राष्ट्रिय इण्डो नेपाल खुला पुरुष भलिबल खेलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

सोमबार भएको फाइनलमा आर्मीले चापाकोट नगरपालिका स्याङ्जालाई ३–२ सेटले पराजित गर्दै उपाधि हात पारेको हो।फाइनल खेलमा लगातार आर्मीले पहिलो र दोस्रो सेट २५-१३, २५-१८ को सेटमा जित्दै २-० को अग्रता बनाएको थियो।

तर तेस्रो र चौथो सेट चापाकोटले २५-२१, २५-२२ को सेटमा हारएपछि खेल २२ को अवस्थामा पुग्यो। रोमाञ्चक खेलको निर्णायक तथा पाँचौँ सेट १५-७ को सेटमा जित्दै आर्मी च्याम्पियन बनेको हो।

त्यस्तै मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई पराजित गर्दै इण्डियन रेलवेजले तेस्रो भएको छ।

प्रतियोगितामा च्याम्पियन आर्मीले नगद १ लाख ५० हजार हात पार्दा दोस्रो भएको चापाकोट नगरपालिकाले १ लाख र तेस्रो भएको इण्डियन रेलवेजले ५० हजार प्राप्त गर्‍यो।

रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा र रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले पुरस्कार प्रदा गरे।

उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा भएको दोस्रो रामपुर महोत्सवका अवसरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा भारतका एक र नेपालका पाँच गरी छ टोलीको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell